images
images

नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने

नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने
    images
    images

    काठमाडौँ / जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो मानिएको नेपाल लाइफले शिक्षा क्षेत्रमा लगानी गर्ने निर्णय गरेको हो ।

    आइतबार होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    सोकम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा  रू ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२  प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रू ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । 

    कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । 

    शिक्षा क्षेत्र राष्ट्रिय महत्त्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए ।

    यस कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरू जस्तैः– जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरूका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको बताए । 

    साथै, उनले कम्पनीले बीमित ग्राहकहरूबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरूमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको जिकिर गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरूप शिक्षा क्षेत्रको लिडरको रूपमा स्थापित संस्थामा लगानी गरिएको बताए । 

    उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको सिइओ पराजुलीको भनाइ छ । प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको बताए ।

     यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । साथै, उनले उक्त सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

    कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । 

    यसका साथसाथै उनले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार