images
images

आव २०८०/८१ मा २९२.५९ प्रतिशतले बढ्यो अडलट कारोबार, १० अर्ब ८९ करोड बढीको कारोबार

आव २०८०/८१ मा २९२.५९ प्रतिशतले बढ्यो अडलट कारोबार, १० अर्ब ८९ करोड बढीको कारोबार

आर्थिक वर्ष (आव) २०८०/८१ मा धितोपत्रको दोस्रो बजारमा १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अडलट कारोबार भएको छ ।

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • आव २०८०/८१ मा २९२.५९ प्रतिशतले बढ्यो अडलट कारोबार, १० अर्ब ८९ करोड बढीको कारोबार

    काठमाडौँ / पछिल्लो बर्षमा धितोपत्र दोस्रो बजारमा हुने अडलट कारोबार बढ्दो क्रममा छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ मा धितोपत्रको दोस्रो बजारमा १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अडलट कारोबार भएको छ ।

    यो अडलट कारोबार अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा २९२.५९ प्रतिशतले बढेको हो । तथ्याङ्कअनुसार अघिल्लो आवको अन्त्यमा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको अडलट कारोबार भएको थियो ।

    दोस्रो बजारमा कारोबार रकम बढेसँगै अडलट कारोबारसमेत बढेको नेप्सेले जनाएको छ । कारोबार रकमसँगै कित्तामा पनि वृद्धि भएको छ ।

    अघिल्लो आवमा अडलटमा १ करोड ७६ लाख १२ हजार कित्ता कारोबार भएकोमा गत आव बढेर ४ करोड ४२ लाखभन्दा बढी कित्ता पुगेको छ । 

    यस्तो छ पछिल्ला दुई आर्थिक बर्षको अडलट कारोबार 

    आर्थिक बर्ष  अडलट शेयर कित्ता कारोबार रकम (रु.लाखमा)
    २०७९/८० 17612.20 2774.89
    २०८०/८१ 44209.64 10894.10

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार