images
images

२७ अङ्कले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

२७ अङ्कले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • २७ अङ्कले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।

    images
    images
    images
    images

    आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । 

    असार ३१ गतेदेखि हरेक दिन बढेर ३ सय २३ अंक जोडेको नेप्सेले बुधबार भने २७.३२ अंक गुमायो। बुधबार नेप्से २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा बजार बन्द भएको छ।

    यसदिन कारोबार रकम ३६ महिना नै उच्च भएको छ। यस दिन १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।

    मंगलबार भने १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब नौ करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ३११ वटा धितोपत्रको चार करोड सात लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच भएको हो। बुधबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

    यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक

    बोटलर्स नेपाल तराइ, एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने चन्द्रागिरी हिल्सको मूल्य ९.९७ प्रतिशतले बढेको छ।

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक

    चिरख्वा हाइड्रोपावरको मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ७१० रूपैयाँ कायम भएको छ।

    यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ६.०८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७४१ रूपैयाँ कायम भएको छ।। 

    हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार 

    बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६६३ रूपैयाँ ८० पैसामा ३६ करोड ७ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा १.९५ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवमु सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७४ रूपैयाँमा ३४ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार