images
images

बजार ३२.०२ अङ्कले बढेपनि कारोबार रकम २ अर्बले घट्यो, यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

बजार ३२.०२ अङ्कले बढेपनि कारोबार रकम २ अर्बले घट्यो, यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • बजार ३२.०२ अङ्कले बढेपनि कारोबार रकम २ अर्बले घट्यो,  यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

    काठमाडौँ / साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अङ्क बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २ हजार ५६८ अंकमा कायम भएको छ ।

    त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो ।

    बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०।८१ प्रतिशत बढ्यो ।

    अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो । 

    यी कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो 

    उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

    आरएसडीसी लघुवित्तको ९.७, नाडेप लघुवित्तको ९.७, लक्ष्मी लघुवित्तको ९.७ तथा बोटलर्स नेपाल तराईको मूल्य ९.५ प्रतिशत बढ्यो । 

    2.JPG

    यी कम्पनीको शेयर मूल्य सार्वधीक घट्यो

    मितेरी डेभलपमेन्ट बैंकको ७.६ र माण्डु हाइड्रोपावरको मूल्य ४.६ प्रतिशत घट्यो ।

    3.JPG

    यी कम्पनीको कारोबार सबैभन्दा धेरै 

    कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र हिमालयन रिइन्स्योरेन्स रहेका छन् । 

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार