images
images

केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो

केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • images
    images
    केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो
    images
    images

    भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ।

    images
    images

    मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

    केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ।  

    टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन। 

    केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ।

    केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। 

    प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। 

    पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार