images
images

एनआईसी एशिया क्यापिटलका सेयरधनीहरूले  ५२.५३ प्रतिशत नगद लाभांश पाउने

एनआईसी एशिया क्यापिटलका सेयरधनीहरूले  ५२.५३ प्रतिशत नगद लाभांश पाउने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • एनआईसी एशिया क्यापिटलका सेयरधनीहरूले  ५२.५३ प्रतिशत नगद लाभांश पाउने

    काठमाडौँ / एनआईसी एशिया क्यापिटल लिमिटेडका सेयरधनीहरूले ५२.५३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । क्यापिटलको गत बुधबार सम्पन्न सञ्चालक समितिको १४३औं बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले क्यापिटलको आठौँ वार्षिक साधारण सभा भदौ ११ गते मंगलबारका बिहान ९ बजे साधारणसभासमेत बोलाउने निर्णय गरेको छ । 

    उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरू पारित गर्नेछ ।  

    छोटो समयमा नै ग्राहकहरू माँझ लोकप्रिय बन्दै गइरहेको यस एन आई सी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौँ वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरू माँझ पु¥याउन ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ अगाडि बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार