images
images

सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुग्यो

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको मूल्यमा प्रतितोला ३ सय रुपैयाँ बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

    यसअघि तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँसम्म पुगेर घटेको छापावाल सुनको भाउ आज प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ । उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको हुनसक्ने महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । 

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबर हुने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार