images
images

सेयर बजारमा चलखेल भएको सांसद सिंहको आरोप, सोधे - बुक भ्यालु ७० भएको कम्पनीको सेयर मूल्य १६ सय कसरी पुग्यो ?

सेयर बजारमा चलखेल भएको सांसद सिंहको आरोप, सोधे - बुक भ्यालु ७० भएको कम्पनीको सेयर मूल्य १६ सय कसरी पुग्यो ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • सेयर बजारमा चलखेल भएको सांसद सिंहको आरोप, सोधे - बुक भ्यालु ७० भएको कम्पनीको सेयर मूल्य १६ सय कसरी पुग्यो ?

    काठमाडौँ / स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सेयर बजारमा पनि नेपाली जनतालाई ठगी गर्ने काम भइरहेको बताएका छन् । 

    images
    images

    उनले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सहकारीमा जस्तै सेयर बजारमा पनि नेपाली जनताको अरबौँ रुपैयाँ ठग्ने काम भइरहेको आरोप लगाएका हुन् । उनले अनुसन्धानका लागि छानबिन समिति गठन गर्न र कारबाही गर्न सरकारसमक्ष माग गरे । 

    इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिम रूपमा सेयर मूल्य बढाइएको आरोप लगाउँदै उनले केही कम्पनीका उदाहरणसमेत दिएका छन् । 

    “दीपेन्द्र अग्रवालको नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि सेयरको भाउ जम्मा ६ सय रुपैयाँ थियो । तर, एक महिनापछि कति भयो– २१ सय ५४ रुपैयाँ । यसको बुक भ्यालु कति छ १ सय ३४ रुपैयाँ छ। प्राइस र अर्निङ रेसियो हेर्दा कहाँबाट के–कारणले यो बढ्यो ?” उनले प्रश्न गरे । 

    सन्दीप जलानको एनआरएन इन्फ्रास्ट्रकर एन्ड डेभलपमेन्ट लिमिटेडको  पहिले सेयर मूल्य ३ सय रुपैयाँ रहेकोमा अहिले १ हजार ५० रुपैयाँ पुगेको बताउँदै उनले यसको बुक भ्यालु १ सय ४७ रुपैयाँ मात्र रहेको बताए । 

    “अनिल रुगंटाको सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको यसअघिको सेयर मूल्य ६५० रुपैयाँ थियो, अहिले १८ सय रुपैयाँ छ । जबकि यसको बुक भ्यालु जम्मा १७० रुपैयाँ छ,” उनले भने, “अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडको सेयर मूल्य यसअघि ३ सय रुपैयाँ थियो भने अहिले १६ सय रुपैयाँ पुगेको छ । जबकि बुक भ्यालु ७७ रुपैयाँ छ ।”

    इन्भेस्टर र सेयर ब्रोकरको सिन्डिकेटलाई मोडस अपरेन्डीका रूपमा प्रयोग गरेर अनलाइन क्लब हाउसले जनतालाई गुमराहमा राख्ने, सोसल मिडियाबाट प्रोपोगान्डा गर्ने र कर्नरिङ गर्ने काम भइरहेको उनको आरोप छ ।

    सिंहले जनताको संरक्षक सरकारले सेयर बजारलाई नियमन गर्नुपर्ने बताए । 

    उनले भने, "यसलाई नेपाल स्टक एक्सचेन्जले रेगुलेट गर्नुपर्छ । धितोपत्र बोर्ड अहिले नेतृत्वविहीन छ ।नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टिलिजेन्स युनिट छ । त्यस्तै, सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ (एसटीआर) छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार