images
images

‘डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झियोस्’

‘डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झियोस्’

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • ‘डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झियोस्’
    images
    images

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झिनुपर्ने धारणा राखेका छन् । 

    विशेष समयमा बोल्दै अधिकांश सांसदहरुले यो विषयलाई कानुनी ढङ्गले चाँडो निरुपण हुनुपर्ने बताएका हुन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौतासम्बन्धी विवाद चाँडो निरुपण हुनुपर्नेमा जोड दिए । 

    डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् बक्यौता नतिर्ने कम्पनीलाई सरकारले पक्षपोषण गरेको दाबी गरे । नेपाल विद्युत् प्राधिकरणका दुईजना सञ्चालकलाई सरकारले बर्खास्त गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले विभिन्न दुर्घटना र प्राकृतिक विपद्मा परेर ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि बढ्दै जानु दुःखद् रहेको बताए । 

    हवाई सुरक्षाका विषयमा नियामकलगायत सम्बन्धित निकायबीच जिम्मेवार हुन नसकेको उनको भनाइ छ । शिक्षालयलाई राजनीतिको छायाबाट मुक्त गरिनपर्नेमा उनले माग गरे । 

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकले निर्णय प्रक्रियामा असहमति जनाएकै आधारमा सरकारले बर्खास्त गरेको जिकिर गरे । 

    सार्वजनिक लेखा समितिले यसअघि बक्यौता असुल गर्न भनेर निर्देशन दिएको र मन्त्रिपरिषद्बाट पनि बक्यौता उठाउन निर्णय गरेको उनले उल्लेख गरे । 

    त्यस्तै विभिन्न अदालतबाट पनि विलम्ब शूल्कसहित महसुल बक्यौता उठाउन आदेश भएकोमा प्राधिकरणले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता मिनाहा गरेर राजश्व गुम्ने अवस्था आउन नहुने चौधरीले बताए । 

    जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले व्यवस्थित भू–नीति नहुँदा जलाधार क्षेत्र संरक्षणमा समस्या भएको बताए । कृषियोग्य जमिन र जलाधार क्षेत्र मिचेर जथाभावी प्लटिङ गर्ने र बस्ती बसाउने क्रम बढेको उनले उल्लेख गरे । 

    जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादव यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई राज्यबाटै उपेक्षा गरिएको जिकिर गर्दै उनीहरुको अधिकार स्थापित गर्नका लागि राज्यतहबाटै विशेष व्यवस्था गरिनुपर्ने माग गरे । ्

    सांसद प्रेम सुवालले भक्तपुरका विभिन्न स्थानका सडक संरचना निर्माण र सुधारमा ढिलाइ भइरहेको विषय उठाए । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुल गरिनुपर्ने धारणा उनले राखे । 

    सांसद चित्रबहादुर केसीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु आन्दोलित भएको विषय उठाउदै उनीहरुका उचित माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।र 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार