काठमाडौँ / समृद्धि फाइनान्सले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको मधुवन शाखाले बुधबार बृक्षारोपण गरेको हो ।
स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफूल र फूलका २६ ओटा बिरुवा रोपेको हो ।
साउन पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भैसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।