विशाल ग्रुपले नेपाल रिको ७ लाख कित्ता शेयर बिकी गर्ने, प्रतिकित्ता शेयर मूल्य कति ?

विशाल ग्रुपले नेपाल रिको ७ लाख कित्ता शेयर बिकी गर्ने, प्रतिकित्ता शेयर मूल्य कति ?

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • विशाल ग्रुपले नेपाल रिको ७ लाख कित्ता शेयर बिकी गर्ने, प्रतिकित्ता शेयर मूल्य कति ?
    images
    images
    images
    images

    काठमाडौँ / विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को ७ लाख कित्ता शेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखिएको छ।

    images
    images

    विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ७ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    शेयर खरिदका लागि असोज ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

    लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com