काठमाडौँ / सोमबार अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । विदेशी मुद्राको भाउ बढ्दा नेपाली रुपैयाँ भने कमजोर बनेको छ । एक अमेरिकी डलरका लागि आज नेपाली १३४ रुपैयाँ ५३ पैसा खर्च गर्नुपर्नेछ । त्यस्तै, अमेरिकी डलरको खरिद मूल्य भने आज १३३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
एक युरोका लागि आज नेपाली १५० रुपैयाँ ५६ पैसा खर्च गर्नुपर्ने छ भने बिक्री मूल्य १४९ रुपैयाँ ८९ पैसा पर्नेछ ।
त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ३९ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १५ पैसा र बिक्री दर ९९ रपैयाँ ३९ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्