काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको शुभकामना व्यक्त गरेको छ । बैंकसँग स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा एक कार्यक्रमको आयोजना गरी बैंकले सफलताको शुभकामना व्यक्त गरेको हो ।
लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सकेका छन् ।
उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई हस्तान्तरण गरे ।
शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’बनी आबद्घ छन् ।
उनले यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं आरोहण गर्न लागेको जानकारी दिए । उनको साहसिक कार्यले लुम्बिनी विकास गौरवान्वित बनाएको सिइओ बोहोराले बताए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।