images
images

किन रोज्ने हुन्डाईको ‘द न्यू क्रेटा’ ?

किन रोज्ने हुन्डाईको ‘द न्यू क्रेटा’ ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • किन रोज्ने हुन्डाईको ‘द न्यू क्रेटा’ ?
    images
    images

    काठमाडौँ / दक्षिण कोरियाली कम्पनी हुन्डाईले सन् २०१५ मा पहिलो पटक एसयुभी बजारमा ल्याएको थियो । बजारमा प्रवेश गरेको छोटो अवधिमै विश्व बजारमा एसयुभीले विशेष पहिचान बनाउन सक्यो ।

    सन् २०१८ मा फेसलिफ्ट सार्वजनिक गरेको कम्पनीले २०२० मै न्यू जेनेरेसन ल्याएको थियो । अहिले कम्पनीले त्यो जेनेरेसनको पनि अर्को जेनेरेसन द न्यू क्रेटा बजारमा ल्याएको हो । रेगुलर मोडलभन्दा भिन्न यो कार नेपाली बजारमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले साउन २१ गते भित्र्याएको थियो । 

    प्रिमियम मोडलको द न्यू क्रेटा नेपाली बजारमा बहुप्रतिक्षित कार मध्य एक हो । आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनी मात्रै होइन अत्याधुनिक प्रविधि र सुरक्षाको दृष्टिले समेत उत्कृष्ट न्यू क्रेटा पेट्रोल इन्जिनका गाडि रुचाउनेहरूका लागि पहिलो प्राथमिकतामा परेको छ । 

    भारतीय बजारमा पेट्रोल र डिजेल इन्जिनमा यो गाडि उपलब्ध हुने भए पनि नेपाली बजारमा भने हाललाई पेट्रोल इन्जिनमा मात्रै आएको छ । 

    एसयुभी सेगमेन्टमा निकै रुचाइएको क्रेटा हरेक उमेरका व्यक्ति र हरेक यात्राको साथी बन्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो समय उच्च माग रहेको यो गाडि नाडा अटो शोमा पनि राखिने कम्पनीको तयारी छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने नाडा अटो शोमा A*2 स्टलमा आई हुन्डाईका गाडिहरू अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

    नेपालकै उत्कृष्ट एसयुभीको रूपमा पहिचान बनाएको पुरानो क्रेटा मोडलको तुलनामा अत्याधुनिक सुविधा र विकल्प सहितको यो गाडिमा ग्राहकहरूको आकर्षण बढीरहेको कम्पनीले जनाएको छ ।

    अत्याधुनिक प्रविधिको प्रयोग गरिएको १५ सय सिसिको पेट्रोल इन्जिन भएको न्यू क्रेटा दुबै अटोमेटिक अथवा म्यानुअल ट्रान्समिसनमा जान सकिन्छ। 

    आकर्षक हेड–अप डिस्प्ले, न्यू र परिमार्जित इन्फोटेनमेन्ट सिस्टम, बिगर डिस्प्ले, प्यानोरमिक सनरुफ जस्ता फिचरका साथै उत्कृष्ट सेफ्टी फिचरसमेत रहेकोले यो गाडि ड्राइभका लागि सुरक्षित रहेको कम्पनीको भनाइ छ ।

    Hundai3.JPG

    पाँच भेरियन्ट र ६ कलरमा उपलब्ध 

    नयाँ हुन्डाई क्रेटा विभिन्न पाँच भेरियन्टमा उपलब्ध रहेको छ । भेरियन्ट अनुसार कम्पनीले यसको फरक फरक मूल्य तोकेको छ ।

    नेपाली बजारमा हाल क्रेटा इ, क्रेटा एसओ, एस एक्स, एसएक्स टेक र एसएक्स अप्सनल गरी पाँच भेरियन्ट रहेको छ भने विभिन्न ६ ओटा कलर अप्सनमा उपलब्ध रहेको छ । आवश्यकता र बजेट अनुसार आफूलाई मन परेको कलरमा यो गाडि खरिद गर्न सकिनेछ । 

    डिजाइन 

    अल न्यू क्रेटामा अगाडि र पछाडिको भागमा मूख्य परिवर्तन देख्न सकिन्छ । नयाँ क्रेटाको अगाडिको भागमा रहेको प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रील पहिलेको भन्दा ठूलो रहेको छ । त्यस्तै, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्परले गाडिलाई थप विशेष बनाएको छ ।

    अघिल्लो जेनेरेसनको तुलनामा एड्भान्स हेड ल्याम्प रहेको छ भने क्वाड डिभ अर्थात एलइडीको सोर्सेज रहेको । जसको सहयोगले एलइडी हेड ल्याम्प बल्छ । रातिको समयमा हेड ल्याम्प अन गर्दा पहिलेको भन्दा निकै राम्रो भिजिबिलिटी दिने कम्पनीको दावी छ । 

    creta.JPG

    साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् । ह्वीलको डिजाइन भेरियन्ट अनुसार फरक फरक छन् । कुनै भेरियन्टमा डाइमन्ड कट अलायन्स र कुनैमा स्ट्यान्डर्ड अलायन्स रहेको छ ।

    पछाडिको भागमा कनेक्टिङ्ग एलइडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश छ । गाडिको भित्री भागमा कालो र खैरो थिममा यसेको ड्यासबोर्ड पूर्णतः नयाँ छ । त्यस्तै, इन्फोनमेन्ट सिस्टम र डिजटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छन् । यसमा दुबै स्क्रिन समान १०.२५ इन्चका रहेका छन् । 

    त्यस्तै, गाडिमा ८–स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक climate control जस्ता विशेषताहरू समावेश छन् जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास रहेको कम्पनीले जनाएको छ ।

    सुरक्षा र सुविधा

    नयाँ क्रेटामा ३० ओटा भन्दा बढी सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ्ग सिस्टम (हाइलाइन)ले ड्राइभमा सुरक्षा प्रदान गर्छ । 

    Hundai1.JPG

    क्रेटामा १९ ओटा एडास फिचर थपिएको छ । यस अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ, चार ओटा ह्वीलमा स्ट्यान्डर्ड डिसब्रेक जस्ता महत्वपूर्ण फिचर उपलब्ध गरेको छ । 

    गाडिमा उपलब्ध १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरूले क्रेटालाई अझै शक्तिशाली बनाएको छ भने गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् ।

    यात्रामा उपयोगी 

    द न्यू क्रेटाको लम्बाई ४.३ मिटरको रहेको छ । नेपालमा चल्ने गाडिको तुलनामा १९० एमएमको ग्राउन्ड क्लिरियन्स भएको कारण क्रेटा यात्रको लागि थप उपयोगी हुने देखिन्छ ।

    Hundai2.JPG

    अप्ठ्यारो, चिप्लो, हिलो, आइसी रोडहरूमा क्र्याप्सन कन्ट्रोल, फ्याक्सन मोडललगायतका फिचरले गाडिलाई सजिलै तान्न सक्छ । त्यस्तै, क्रेटाको बुट स्पेस अर्थात डिकीको साइज ४३३ लिटरको छ ।

    कच्ची सडकहरूमा समेत चलाउन सकिने र सुरक्षाको दृष्टिलेसमेत उपयुक्त भएको कारण यो गाडि लामो यात्राको लागि समेत निकै उपयोगी हुने देखिन्छ । 

    मूल्य

    भेरियन्ट अनुसार कम्पनीले द न्यू क्रेटाको मूल्य फरक फरक तोकेको छ । क्रेटा इ भेरियन्टका लागि कम्पनीले ५५ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ । 

    त्यस्तै, क्रेटा एस ओको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ, एसएक्सको मूल्य ७१ लख ९६ हजार रुपैयाँ, एसएक्स टेकको मूल्य ७४ लाख ५६ हजार रुपैयाँ र क्रेटा एसएक्स अप्सनलको मूल्य ८५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार