images
images

समृद्धि फाइनान्सको इटहरी शाखाले मनायो दोस्रो बार्षिकोत्सव

समृद्धि फाइनान्सको इटहरी शाखाले मनायो दोस्रो बार्षिकोत्सव

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • समृद्धि फाइनान्सको इटहरी शाखाले मनायो दोस्रो बार्षिकोत्सव

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखा कार्यालयले दोस्रो बार्षिकोत्सव मनाएको छ । 

    images
    images
    images
    images

    उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक रमेश राईले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ र सहयोगको अपेक्षा राखेको बताए । 

    नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, बचतकर्ताहरु, बुद्विजिवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वार्ड ६ का वार्ड अध्यक्ष दिवस पोखरेलले यस संस्था को उत्तर उत्तर प्रगतिको कामना गर्दै कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको  प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार