images
images

महालक्ष्मी विकास बैंक र केबी चित्रकारबीच सम्झौता, एनएफआरएस ०९ः अपेक्षित क्रडिट घाटा कार्यान्वयन गर्ने

महालक्ष्मी विकास बैंक र केबी चित्रकारबीच सम्झौता, एनएफआरएस ०९ः अपेक्षित क्रडिट घाटा कार्यान्वयन गर्ने

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • महालक्ष्मी विकास बैंक र केबी चित्रकारबीच सम्झौता, एनएफआरएस ०९ः अपेक्षित क्रडिट घाटा कार्यान्वयन गर्ने

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ः अपेक्षित क्रडिट घाटा मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग सम्झौता गरेको छ । 

    images
    images

    यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ  । 

    साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन÷अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकले जनाएको हो ।  

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । 

    साथै २०८० पुष २८ गते सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार