images
images

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी

    काठमाडौँ / साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को नेतृत्व  नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका हुन् । 

    images
    images
    images
    images

    मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई) – ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित पाँचौँ सारफी लिडर्स राउन्ड टेबलका क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । 

    बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार