images
images

१३.०९ अंकले घटेको बजारमा ७ अर्ब २४ करोड बढीको कारोबार, कसले कति गुमाए ?

१३.०९ अंकले घटेको बजारमा ७ अर्ब २४ करोड बढीको कारोबार, कसले कति गुमाए ?

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • १३.०९ अंकले घटेको बजारमा ७ अर्ब २४ करोड बढीको कारोबार, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / आज मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेको छ । 

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार गत बुधबार देखि लगातार घटेको शेयर बजार आज मंगलबार पनि घटेको हो । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द भएको छ।

    नेप्सेको अनुसार मंगलबारसहित लगातार पाँच दिनदेखि घटेको शेयर बजारले १९७ अंक गुमाएको छ।

    आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार नौ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब २४ करोडको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १९ करोड रूपैयाँ कमी भएको हो। यसदिन ६७ वटा धितोपत्रको एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक स्थिर रहेको छ बाँकी ११ समूहको घट्दा समग्र नेप्से घटेको हो।

    मानुषी लघुवित्तको शेयर मूल्य सार्वधिक बढ्यो, 

    यसदिन मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९०३ रूपैयाँ कायम भएको छ।

    यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५५ रूपैयाँ पुगेको छ।

    यी कम्पनीको शेयर सार्वधिक घट्यो

    यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य सर्वाधिक ८.८२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य नौ रूपैयाँ २० पैसामा झरेको छ।

    स्वरोजगार लघुवित्तको मूल्य ५.९१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३५ रूपैयाँ कायम भएको छ।

    हाइड्रोइलेक्ट्रिसिटीको सर्वाधिक कारोबार

    मंगलबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य १७७ रूपैयाँमा २९ करोड ८१ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१२ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८७ रूपैयाँ ९० पैसामा २१ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार