images
images

आरविवि मर्चेन्टले शेयरधनी राष्ट्रिय वाणिज्य बैंकलाई ३ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने

आरविवि मर्चेन्टले शेयरधनी राष्ट्रिय वाणिज्य बैंकलाई ३ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • आरविवि मर्चेन्टले शेयरधनी राष्ट्रिय वाणिज्य बैंकलाई  ३  करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने
    images
    images

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले राष्ट्रिय वाणिज्य बैंकलाई लाभांश दिने भएको छ । कम्पनीले आर्थिक बर्ष २०८०/८१ सम्मको मुनाफाबाट कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंकलाई लाभांश वितरण गर्न नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । 

    आरविवि मर्चेन्ट बैंकिङ्गले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा कार्य गर्दै आएको छ । 
    कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम करसहित ३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    यस कम्पनीले शेयरधनी राष्ट्रिय वाणिज्य बैंकलाई विगत वर्षहरूदेखि नै लगातार नगद लाभांश वितरण गर्दै आएको छ । कम्पनी अध्यक्षमा सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रूपमा बद्रीप्रसाद प्याकुरेल कार्यरत रहेको छ । 

    राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आ.व.२०८०/०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश: ३.८१ प्रतिशत र ८.७४ प्रतिशतका दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय भएको छ ।

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देशभर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । 

    कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र  मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथी पुगेको छ । 

    यस कम्पनीले १५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको । यस कम्पनीले विभिन्न संस्थाको ईस्युको व्यवस्थापनको कार्यहरु गर्दै आएको छ। यस कम्पन्ीले संस्थागत तथा व्यक्तिगत ग्राहकहरुको संख्यामा उल्लेखिय रुपमा बृद्धि गर्दै लगानी व्यवस्थापनको कार्य गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार