images
images

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभ मा ६० विद्यार्थीले रोजगारी पाए

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभ मा ६० विद्यार्थीले रोजगारी पाए

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभ मा ६० विद्यार्थीले रोजगारी पाए

    काठमाडौँ / नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् । 

    छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । 

    विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए । 
    प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले  उम्मेदवारहरूको क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए । 

    शिक्षा र उद्योग बिचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले जानकारी दिनुभयो ।
    हामी हाम्रा विद्यार्थीहरू र यस वर्षको प्लेसमेन्ट ड्राइभको सफलताप्रति सन्तुष्ट छौँ, अध्यक्ष जालानले भने । 

    यस कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई क्यारियर बनाउने अवसरहरू मात्र नभई, रोजगारी बजारको विकसित आवश्यकताहरूसँग हाम्रा शैक्षिक कार्यक्रमहरू पङ्क्तिबद्ध रहन सुनिश्चित गर्दै उद्योगसँगको हाम्रो सम्बन्धलाई पनि सुदृढ बनाउँछ।

    लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले शिक्षा र उद्योग बिचको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार