images
images

पूर्वाधारमा लगानी गरेर नै आर्थिक सूचक प्राप्त गर्न सकिन्छ : अनुसन्धानकर्ता खनाल

पूर्वाधारमा लगानी गरेर नै आर्थिक सूचक प्राप्त गर्न सकिन्छ : अनुसन्धानकर्ता खनाल

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • पूर्वाधारमा लगानी गरेर नै आर्थिक सूचक प्राप्त गर्न सकिन्छ : अनुसन्धानकर्ता खनाल
    images
    images

    काठमाडौँ / नीति अनुसन्धानकर्ता डा. कल्पना खनालले पूर्वाधारमा लगानी गरेर नै विभिन्न आर्थिक सूचक प्राप्त गर्न सकिने बताइन् । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको चौथो सत्रअन्तर्गत ‘वित्तीय, मौद्रिक र नियमन नीतिहरू’ विषयमा बोल्दै उनले यस्तो बताएकि हुन् । 

    “परियोजना सुशासन अत्यन्तै महत्वपूर्ण छ । विकसित देशको विगतको अनुभवबाट पनि केही कुरा लिन सकिन्छ । चीनलगायत पूर्वी एशियाली मुलुक तथा अमेरिकी विकासको अभ्यासलाई पनि अनुसरण गर्न सकिन्छ । उनीहरूले पूर्वाधार विकासमा आन्तरिक क्षमता अभिवृद्धिको असल अभ्यास गरेका छन् । घरेलु पुँजीलाई कसरी एकीकृत गर्ने, इन्जिनियरलगायत मानव स्रोतको सुनिश्तिता, दक्ष जनशक्ति र उपकरण औजारको सुनिश्चितता जरूरी छ,” उनले भनिन् । उक्त सत्रको सहजीकरण बैंकर भुवन दाहालले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार