काठमाडौँ / लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत (सिईओ) राधेश पन्तले बोर्डले स्वतन्त्र रुपमा काम गर्न नपाएको बताए ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’मा उनले यस्तो बताएका हुन् ।
लगानी बोर्डमा राजनीतिक प्रभाव पर्ने गरेको उनको दाबी छ । साथै बाहिरी देशहरुले नेपालमा लागनी गर्ने वातावरणका लागि विश्वास गर्न नसकेको पनि उहाँले बताउनुभयो । ‘सरकारले निजी क्षेत्रलाई लगानी गर्न आउ भनेर कार्पेट बिच्छ्याउन सक्नुपर्छ, हैन भने जुन देशमा सहज वातावरण हुन्छ त्यहाँ लगानीकर्ता जान्छन्’ उनले भने ।