images
images

सौन्दर्य सम्बन्धी थप ६ सय उत्पादन बजारमा ल्याउने तयारीमा एडभान्स ग्रुप

सौन्दर्य सम्बन्धी थप ६ सय उत्पादन बजारमा ल्याउने तयारीमा एडभान्स ग्रुप

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • सौन्दर्य सम्बन्धी थप ६ सय उत्पादन बजारमा ल्याउने तयारीमा एडभान्स ग्रुप

    नेपालमा ओरिफ्लेमका आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीले एक वर्षभित्र छ सय नयाँ उत्पादन नेपाली बजारमा ल्याउने जनाएको छ।

    images
    images

    प्रमुख सहरहरूमा एक्सक्लुसिभ स्टोर खोल्ने तयारी पनि गरिरहेको कम्पनीले जानकारी दिएको छ।

    हाल एडभान्स ग्रुपले दुई भन्दा बढी ओरिफ्लेम उत्पादनहरू नेपालमा बिक्री गर्दै आएको बताइएको छ। एडभान्स ग्रुपले सौन्दर्य सामग्री मात्र नभई, ब्युटिसियनहरूलाई तालिम र परामर्श पनि दिँदै आएको छ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा ओरिफ्लेमका ग्लोबल स्किन विशेषज्ञ अन्ना क्रुसले ओरिफ्लेमका उत्पादनहरूले छालासम्बन्धी समस्याहरू समाधान गर्न कसरी मद्दत गर्छन् भन्ने जानकारी गराएको थियो।

    मेकअप आर्टिष्ट मेहेक मोहिनले विशेष अवसरहरूका लागि मेकअपमा ओरिफ्लेमको ’कलर कस्मेटिक्स’ लाइनको प्रयोगबारे प्रशिक्षण दिएकी थिइन्।

    ओरिफ्लेमका ग्लोबल कमर्सियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीको नीतिबारे जानकारी गराउँदै, ओरिफ्लेमका उत्पादनहरूले स्वास्थ्य र सौन्दर्यमा योगदान पुर्‍याउने विषयमा प्रशिक्षण दिएको बताइएको छ।

    साथै, एडभान्स ग्रुपले फुड सप्लिमेन्ट र औषधिजन्य उत्पादनहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी गराइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार