images
images

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत

    काठमाडौँ / सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । 

    images
    images

    होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।

    होटेलियर पावर लिस्ट मा समावेश हुनु भनेको विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्याएको मान्यता हो । यस सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन्  ।

    ‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वब्यापी विस्तार र वल्र्डक्लास सर्भिसको रुपमा लिएको छु,’ चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिबिम्ब गर्छ। लगातार पाँचौं वर्ष होटेलियर इन्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु ।’ 

    सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ, जसमा ११ हजार भन्दा बढी किज (रुम) रहेका छन् । कम्पनीको लक्ष्य सन् २०२५ सम्ममा २०० भन्दा बढी होटलहरू र १२ हजार किजहरू सञ्चालन गर्ने रहेको छ ।

    सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, ¥याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । यसका साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।

    सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ । यसको सुरुवात टाटा समूहको आईएचसीएलसँग मालदिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलहरूमा लगानी गरेर भएको थियो ।

    ‘सीजी हस्पिटालिटीको रणनीतिक साझेदारीमा केन्द्रित दृष्टिकोण, हाम्रो सम्पूर्ण हस्पिटालिटीका कर्मचारीहरुको समर्पण र दृष्टिकोणप्रतिको प्रतिबद्धता नै हाम्रो सफलताको मूल आधार हो। यसले आतिथ्य उद्योगमा हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ चौधरीले भने । 

    राहुल चौधरीको यो उपलब्धि र सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तारले नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र पहिचानलाई प्रदर्शित गर्नुका साथै नेपाली व्यवसायिक नेतृत्वको विश्वव्यापी सम्भावनालाई उजागर गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार