images
images

ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

    नौपटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ का लागि सह–प्रायोजन सम्बन्धी सम्झौता शनिबार भएको छ ।

    images
    images

    आयोजक एकेडेमी र तीन सह–प्रायोजकबीच सम्झौता भयो । आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक श्रेष्ठ, समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशी र नेपाली घर होटल प्रा.लि., ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजार मध्ये २० प्रतिशत ३ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउने छन् । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्ने छ । आतिथ्य सोझेदारका रुपमा रहेको नेपाली घरले प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोवासको व्यवस्थापन गर्ने छ । मुख्य प्रायोजक तथा इक्विप्मेन्ट पार्टनरमा स्ट्याग ग्लोबल प्रा.लि., भारत रहेको छ । स्ट्यागले प्रतियोगितालाई आवश्यक पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत प्रदान गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

    प्रतियोगितामा ७ टिमको सहभागिता रहने छ । सहभागी टिमहरुमा नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग रहेका छन् । प्रहरी, एपीएफ र स्ट्यागले समान १–१ पुरुष÷महिला विदेशी खेलाडी पनि अनुबन्ध गरेको जानकारी दिइयो ।

    सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २–२ पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्नु पर्ने हुन्छ । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०–५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताए । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार