images
images

एनवाईइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

एनवाईइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • एनवाईइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

    विराटनगर / एनवाइइएफ विराटनगर च्याप्टरले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसियाले जितेको छ ।

    images
    images

    विराटनगरको जाम्बोरी नेक्सर लाउन्ज (जेएनएल) मा आयोजना भएको फुटसलको फाइनलमा एनआइसी एसियाले एनएमबी बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता एनआईसी एसिया बैंकले नगद ५० हजार जितेको छ।

    यसैगरी उपविजेता एनएमबीले २५ हजार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उपाधि दिलाउन नसके पनि एनएमबी बैंकका मिनराज रेग्मी सर्वाधिक गोलस्कोरर बने ।

    यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि भने एनआइसी एसिया बैंकका सविन श्रेष्ठले जिते ।  उत्कृष्ट दुवै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा १५ बैंकको सहभागिता रहेको थियो ।

    एनवाइईएफ विराटनगर च्याप्टर युवा व्यवसायीहरूको समूह हो । जसले विराटनगर र वरपरको क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार