images
images

पर्साको ईटियाही चोकबाट १४५ केजी गाँजा बरामद

पर्साको ईटियाही चोकबाट १४५ केजी गाँजा बरामद

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • पर्साको ईटियाही चोकबाट १४५ केजी गाँजा बरामद

    पर्सा / पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट असोज ६ गते सशस्त्र प्रहरीले १ सय ४५ केजी गाँजा बरामद गरेको छ ।

    images
    images

    सोही गाउँपालिका –४ मधवलबाट इंटियाहीतर्फ जाँदै गरेको बा.१५ च. ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरुले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए  ।

    बिओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध १५ पोका गाँजा फेला पारेको हो ।

    बरामद गाँजा तथा कार ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार