images
images

नेपाल प्रिमियर लिगका लागि राखेपमा हेल्प डेक्स स्थापना

नेपाल प्रिमियर लिगका लागि राखेपमा हेल्प डेक्स स्थापना

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • नेपाल प्रिमियर लिगका लागि राखेपमा हेल्प डेक्स स्थापना

    काठमाडौँ / नेपाल क्रिकेट संघ (कयान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । 

    images
    images

    राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए । 

    डेक्सको उद्घाटन गर्नु हुदै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए । 

    क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिए । 

    क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।

    डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने  विश्वास व्यक्त गरे । 

    राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार