images
images

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

    चितवन / चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग  (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।

    images
    images

    चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् । 

    हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितीमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो । 

    ५.९  फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।

    चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् । 

    आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो । 

    १७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । 

    उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।  एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

    चितवन शक्तिको टिमः 

    अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार