images
images

काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशनको आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व

काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशनको आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशनको आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व

    काठमाडौँ / काशियाना फाउन्डेसनले वैश्विक महाधिवेशन आयोजना गरेको छ ।

    images
    images

    सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी १० नोभेम्बर २०२४ (कात्तिक २५ गते) काठमाडौँस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन गर्न लागिएको जानकारी गराइएको हो । 

    उक्त कार्यक्रममा ३० देशका प्रतिनिधिहरु समहभागी हुने बताइएको छ । महाधिवेशनमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा अन्तरक्रिया हुने बताइएको छ । 

    काशियाना फाउन्डेन भारतीय संस्था हो । यसले नशा (लागूऔष) मुक्ति र अपाङ्गता भएका व्यक्तिहरुका लागि कामहरु गर्दैै आइरहेको छ । यस संस्थाले विश्वका ३० वटा देशमा काम गरिरहेको बताइएको छ । काशियना फाउन्डेसनका अध्यक्ष सुमित सिंहले नशा मुक्ति नै  फाउन्डेनको मूल उद्देश्य रहेको बताए ।
     
    भारतको वनारशलाई नशामुक्त बनाउने सोचका साथ फाउन्डेसनको स्थापना गरिएको उनले बताए । तर, अहिले यसले ३० वटा देशमा लागूऔषध मुक्तिको लागि काम गरिरहेको उनले बताए । अध्यक्ष सिंहले हरेक देशमा घट्ने अपराधहरुमा लागूऔषधको ठूलो भूमिका देखिएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार