images
Logo
images
images
images

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’सार्वजनिक, केके छन् सुविधाहरू ?

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’सार्वजनिक, केके छन् सुविधाहरू ?

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’सार्वजनिक, केके छन् सुविधाहरू ?

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडे ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’नामको नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरूलाई लक्षित गरी कम्पनीले उक्त बीमा योजना सार्वजनिक गरेको हो । 

    कम्पनीले एक विज्ञप्ति जारी गरी १८ वर्षभन्दा माथिका व्यक्तिहरूले न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरू, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत जनाएको छ ।

    विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ ।

    साथै, बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिनेछ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइनबाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मूलमन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान  रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार