images
images

नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रा.लि.धुलिखेलबीच सम्झौता भएको छ । 

    नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र आगन्तुक रिसोर्ट  प्रा. लि.का बरिष्ठ प्रबन्धक ण्बजार तथा बिक्रि) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार