images
images

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा, अन्य कहाँ कति भयो बर्षा ?

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा, अन्य कहाँ कति भयो बर्षा ?

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा, अन्य कहाँ कति भयो बर्षा ?

    काठमाडौँ / पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images
    images
    images
    images

    महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।

    महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताए।

    विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद्ले जानकारी दिए।

    पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ। काठमाडौँका थोरै स्थानमा भारी वर्षा भएको छ। कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

    ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए।

    ३२ स्थानमा अत्यधिक धेरै वर्षा

    देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा भइरहेको विभागले जनाएको छ । इलामको कनकाईमा २९८ मिलिमिटर वर्षा भएको छ भने झापाको गौरादहमा २५० मिलिमिटर वर्षा भएको छ । झापाको केचनामा २३४ मिलिमिटर वर्षा भएको छ । यता पाल्पाको जाल्पा भन्ने ठाउँमा २ सय मिलिमिटर वर्षा भएको छ । 

    पाल्पाको कुमालगाउँ, मकवानपुरको राजैया, पूर्वी नवलपरासीको डण्डा, दुम्कौली, अर्घाखाँचीको खान्छीकोट, पाल्पाको गैडाकोट, पूर्वी नवलपरासीको सेमरी, लुम्बिनी, पाल्पाको बल्ड्याङगढी, जाल्पा, अर्चले, बाराको कलैया, ललितपुरको लेले, सप्तरीको बरमझैया, झापाको केचना, शनिश्चरे, अनारमनी बिर्ता, गौरादह, बाहुनडाँगी क्षेत्रमा धेरै वर्षा भइरहेको छ । 

    यस्तै विराटनगर एयरपोर्ट, उदयपुरको सुन्दरपुर, मोरङको बाहुनी, इलामको कन्याम चिया बगान, कन्काई मैनाचुली, पर्साको मुडली पर्सामा धेरै वर्षा भइरहेको छ । 

    विभागको देशभर २७२ वर्षा मापन केन्द्र रहेको छ । ३२ मापन केन्द्र रहेका स्थानमा धेरै वर्षा भएको छ भने अन्य मापन केन्द्रले सामान्य वर्षा भएको आँकडा दिएको छ । काठमाडौँ आसपास रहेका मापन केन्द्र अनुसार कीर्तिपुरमा १३६ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा ११३ मिलिमिटर वर्षा भएको छ । 

    ललितपुरको खुमलटारमा १२२ मिलिमिटर, काठमाडौँको पानी पोखरी क्षेत्रमा ८९ मिलिमिटर, बबरमहलमा १०२ दशमलव ८ मिलिमिटर, बुढानीलकण्ठमा ९४ मिलिमिटर, धाप ड्याम क्षेत्रमा ९१ दशमलव ४ मिलिमिटर, भक्तपुरको नगरकोटमा १०१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । 

    यो साता सबैभन्दा धेरै दोधारा चाँदनीमा बुधबार ६२४ मिलिमिटर धेरै वर्षा भएको जल तथा मौसम विभागको भनाइ छ ।

    आइतबारपछि मौसममा केही सुधार आउने  

    आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ। निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ। 

    काठमाडौँको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ। वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ।

    जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार