images
images

प्रधानमन्त्री ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो

प्रधानमन्त्री ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • प्रधानमन्त्री ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।  

    images
    images
    images
    images

    प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका छन् । यसअघि र पछि गरेर आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य उडान तथा अवतरण बन्द गरिएको थियो । 

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले प्रधानमन्त्रीको आगमनपछि अन्य नियमित उडान र अवतरण सुरु गरिएको जानकारी गराए ।  

    सडक यातायात प्रभावित भएपछि धेरै यात्रुले हवाई उडान रोजेपछि आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको छ । 

    आज बिहानैदेखि हरेक उडानमा २ घण्टासम्म ढिला भइरहेको थियो । यसमा झन् विमानस्थलमा आधा घण्टा बन्द गर्दा थप प्रभावित बनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार