images
images

शाह परिवारद्वारा केआइओसिएचका लागि ४ करोड सहयोग गर्ने प्रतिबद्धता

शाह परिवारद्वारा केआइओसिएचका लागि ४ करोड सहयोग गर्ने प्रतिबद्धता

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • शाह परिवारद्वारा केआइओसिएचका लागि ४ करोड सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौँ / विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । 

    images
    images
    images
    images

    शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ । जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । 

    शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसियू नामाकरण गरिनेछ । 

    वि.स. २०८१ भाद्र १३ गते, शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । जसका माध्यमबाट यस अभियानमा शाह परिवारको गहिरो चासो, योगदान र संलग्नता प्रष्ट भएको छ । 

    गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ), ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ । यद्यपी, यो सहयोग शाह परिवारको निजी पुँजिबाट प्रदान गरीएको हो ।

    कुल सहयोग प्रतिबद्धता मध्ये बाँकि ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ । 

    सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पतीबाट गरिएको हो । प्रस्तुत सहयोग तिन पटक सम्म नेपालकै शिर्ष करदाता भएका विजय कुमार शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ ।  

    यस नयाँ पिएसआइसियू र डे केयर सर्जरी शाखाद्धारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ । स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जानेछ । शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनिय सुधार हासिल हुनेछ विश्वास लिएको छ ।
     
    यस सहयोगले शाह परिवारको परोपकारको इतिहासलाई मजबुत बनाउँदै नेपाली समाज प्रतिको यस परिवारको दृढ उत्तरदायित्व बोध रहेको कुरा स्पष्ट पारेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार