images
images

काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो

काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो

    काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । 

    images
    images
    images
    images

    सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौंतर्फ ल्याएको हो । 

    यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ ल्याइएको छ ।

    विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार