images
images

सेयर बजारमा करेक्सन : नेप्से दोहोरो अङ्कले घट्यो, कारोकार रकम ४ अर्बमा सीमित

सेयर बजारमा करेक्सन : नेप्से दोहोरो अङ्कले घट्यो, कारोकार रकम ४ अर्बमा सीमित

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • सेयर बजारमा करेक्सन : नेप्से दोहोरो अङ्कले घट्यो, कारोकार रकम ४ अर्बमा सीमित

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मङ्गलबार सेयर कारोबार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७.३९ अङ्कले घटेर २ हजार ६ सय ६३.३२ मा झरेको हो।

    images
    images
    images
    images

    ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५५ अङ्कले ओरालो लागेर ४ सय ८०.२३ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ७ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब रुपैयाँको कारोबार भएको हो । 

    कूल एक करोड तीन लाख ३० हजार ५ सय २ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २ सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

    नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी ६.८३, माण्डु हाइड्रोपावर ६.३१, प्रभु स्मार्ट फन्ड ५.९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले कमाएका छन् ।

    इस्टर्न हाइड्रोपावर ८.५०, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.२४, नेपाल फाइनान्स ६.९८, बोटलर्स नेपाल तराई ५.८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाएका छन् । 

    मङ्गलबार एनएलजी इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक बढी रहेको छ । आजको कारोबार रकममा एनएलजी इन्स्योरेन्सको हिस्सा २७ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

    त्यस्तै, नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १२ करोड ८६ लाख र गुडवील फाइनान्सको १० करोड ५८ लाख रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार