images

नेप्से सामान्य अङ्कले घटे पनि बढ्यो कारोबार रकम, सर्किट लेभलमा दुई कम्पनीको मूल्य बढ्यो

नेप्से सामान्य अङ्कले घटे पनि बढ्यो कारोबार रकम, सर्किट लेभलमा दुई कम्पनीको मूल्य बढ्यो

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    नेप्से सामान्य अङ्कले घटे पनि बढ्यो कारोबार रकम, सर्किट लेभलमा दुई कम्पनीको मूल्य बढ्यो

    काठमाडौँ / बिहीबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । यो दिन नेप्से ५.५७ अङ्कले घटेर २६७०.७० विन्दुमा झरेको हो। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.१९ अङ्क, फ्लोट इण्डेक्स ०.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अङ्कले घटेको छ । 

    नेप्से परिसूचक सामान्य घटेको बजारमा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । बुधबार करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 

    कारोबारमा आएका १३ उपसमूहमध्ये बिहीबार लघुवित्त ०.३८ प्रतिशत, म्यचुअल फण्ड ०.१५ प्रतिशत, विकास बैंक ०.०३ प्रतिशत र हाइड्रोपावर ०.०९ प्रतिशतले बढेको छ । 

    बाँकी सबै समूहको परिसूचक भने आज घटेको छ । जसमा सर्वाधिक बढी अन्य समूहको ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८७ प्रतिशत, वित्त ०.४९ प्रतिशत र होटल तथा पर्यटन समूह ०.४१ प्रतिशतले घटेको छ । 

    यसैगरी, व्यापार समूह ०.११ प्रतिशत, निर्जीबन बिमा ०.२० प्रतिशत, जीवन बिमा ०.३२ प्रतिशत, लगानी ०.२९ प्रतिशत र बैंकिङ उपसमूह ०.०९ प्रतिशतले घटेको छ । 

    यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८  प्रतिशतले बढेको हो । 

    नेपाल माइक्रो इन्स्योरेन्स  मंगलबारदेखि र क्रेष्ट माइक्रो लाइफको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, सिन्धु विकास बैंकको सेयरमूल्य करिब ७.९८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.२८ प्रतिशतले बढेको छ । 

    यता, बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य यस दिन सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा बिहीबार राधी विद्युत कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको आज ३५ करोड ९४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो। 

    यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड २९ लाख १८ हजार रुपैयाँ भन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३० करोड ५० लाख ४५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय