images
images

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक, यस्ता छन् लोभलाग्दो विशेषता

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक, यस्ता छन् लोभलाग्दो विशेषता

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    जगदम्बा मोटर्सले सार्वजनिक गर्यो नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक, यस्ता छन् लोभलाग्दो विशेषता
    images
    images

    काठमाडौँ / स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।

    images
    images

    नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

    एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । 

    स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

    यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट  एप को सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको  छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

    “केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो”, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।” 

    एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रा. लि.ले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए । 

    “उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहान्छौँ,” उनले भने, “अब, अँध्यारोलाई उछिन्ने समय आयो ! एनटर्क रेस एक्सपी ब्ल्याकको पावर, रोमाञ्चकता र बौद्धिकता अनुभव गर्न तयार हुनुहोस्, किनभने यो केवल स्कुटर मात्र होइन, एउटा स्टेटमेन्ट हो !”

    जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

    गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रूचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार