images
images

सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अस्ट्रेलियाका ब्राड हज

सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अस्ट्रेलियाका ब्राड हज

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अस्ट्रेलियाका ब्राड हज

    सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका  हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)मा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेका छौँ ।

    images
    images
    images
    images

    हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका तिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताएका छन् । 

    दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर छन् । 

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार