images
images

रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड, श्रम स्वीकृति लिने कति ?

रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड, श्रम स्वीकृति लिने कति ?

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड, श्रम स्वीकृति लिने कति ?

    काठमाडौँ / चालू आर्थिक बर्षको दुई महिनाको तथ्याङक अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) गत बर्षको तुलनामा १५.२ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रेमिट्यान्स बढेर २६३ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । 

    images
    images
    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

    भदौ महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२८६ अर्ब ४५ करोड पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५१ अर्ब ६५ करोड रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार