images
images

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितहरूका लागि राहत सामाग्री प्रदान

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरो पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ ।

    images
    images
    images
    images

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओखलढुङ्गा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा उक्त राहत सामाग्री प्रदान गरेको हो ।

    ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रतिपरिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ । 

    असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको थियो । कम्पनीले सो स्थानमा प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ ।

    यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण विस्थापित हुन पुगेकका ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ ।

    गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको कुरा बताए । 

    प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

    कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार