images
images

सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि भित्र्यायो स्कटल्यान्डका अलराउन्डर ब्रान्डनलाई

सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि भित्र्यायो स्कटल्यान्डका अलराउन्डर ब्रान्डनलाई

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि भित्र्यायो स्कटल्यान्डका अलराउन्डर ब्रान्डनलाई

    सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । 

    images
    images
    images
    images

    उनको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी रहेको ब्रान्डन सुदूरपश्चिम रोयल्सले जनाएको छ । 

    दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट  १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । 

    उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुनुहुन्छ। २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन्।

    सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप  विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।

    दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर छन्।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।

    सुदूरपश्चिम रोयल्सको टोलिमा अब दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन रहने भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार