images
images

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ रावलको निधन, हृदयघात भएपछि पुर्याइएको थियो अस्पताल

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ रावलको निधन, हृदयघात भएपछि पुर्याइएको थियो अस्पताल

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ रावलको निधन, हृदयघात भएपछि पुर्याइएको थियो अस्पताल

    काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रवण कुमार रावलको निधन भएको छ। मुटुमा समस्या भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचाररत रहेका उनको बिहीबार बिहान निधन भएको हो ।

    images
    images
    images
    images

    ६१ बर्षिय रावल बुधबार सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर राति घर फर्किएका थिए । मुटुमा एक्कासी समस्या भएपछि उनलाई राति नै नागरिक अस्पताल पुर्याइएको थियो। 

    रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् । रावलका छोरा अष्ट्रेलियाबाट आएपछि आजै अन्त्येष्टि गरिने बताइएको छ । 

    निर्जीवन बीमा कम्पनीमा दुर्इ दशकबढीको अनुभव रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।

    प्रुडेन्सियलमा सिइओ रहेका रावल मर्जरपछि राजिनामा गरेर युनाइटेड अजोड इन्स्योरेन्समा २०८० जेठ २३ गते सिइओमा नियुक्त भएका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार