images
images

उद्योगहरूको लाइन काटिदा उत्पादनमा असर, विवादलाई वार्ताद्वारा समाधान गर्नुपर्छ : महासंघ

उद्योगहरूको लाइन काटिदा उत्पादनमा असर, विवादलाई वार्ताद्वारा समाधान गर्नुपर्छ : महासंघ

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • उद्योगहरूको लाइन काटिदा उत्पादनमा असर, विवादलाई वार्ताद्वारा समाधान गर्नुपर्छ : महासंघ

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानीसम्बन्धी विवादलाई वार्ताद्वारा समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। 

    images
    images
    images
    images

    विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिदा उत्पादनमा नकारात्मक असर परेको बताउँदै तत्काल समाधान गर्न भनेको हो ।

    महासंघले स्पष्ट गरेको छ कि यो विवाद समाधान गर्नका लागि बिजुलीको लाइन नकट्न र हाल काटिएको बिजुली तत्कालै जडान गर्न आवश्यक छ। साथै, सबै पक्ष मिलेर वार्ता गरेर समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

    विभिन्न समयमा विभिन्न पत्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता रहेको छ, जसले गर्दा यो मुद्दा लामो समयदेखि अल्झिएको छ। महासंघका अनुसार, बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्न उद्यमीहरू तयार रहेको जानकारी छ।

    नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादको समाधानका लागि सर्बोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरिएको थियो। तर, उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन।

    लाल आयोगको प्रतिवेदनमा वार्ताको माध्यमबाट लामो समयदेखि जडित डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।

    अतस् महासंघले नेपाल सरकार र अन्य सम्बन्धित निकायसमक्ष तत्कालै काटिएको सम्पूर्ण उद्योगहरूको लाइन जडान गर्न र लाल आयोगको प्रतिवेदनको सिफारिसका आधारमा डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी समस्याको स्थायी समाधानको पहल गर्न माग गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार