images
images

असोजमा ९ हजार पर्यटक पुगे  सगरमाथा क्षेत्रमा, प्रतिपर्यटक कति लिइन्छ शुल्क ?

असोजमा ९ हजार पर्यटक पुगे  सगरमाथा क्षेत्रमा, प्रतिपर्यटक कति लिइन्छ शुल्क ?

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • असोजमा ९ हजार पर्यटक पुगे  सगरमाथा क्षेत्रमा, प्रतिपर्यटक कति लिइन्छ शुल्क ?
    images
    images

    सोलुखुम्बु / विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एक महिना करिब ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा ८ हजार ९०२ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

    जसबाट निकुञ्जले २ करोड ३ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली १ सय रुपैयाँ, सार्क मुलुक १ हजार ५ सय रुपैयाँ र अन्य मुलुक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा १२५ तथा भदौमा १ हजार ३ सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा ३ लाख ४५ हजार ९ सय ७५ रुपैयाँ र भदौमा ३२ लाख ३६ हजार ६ सय ९६ रुपैयाँ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताए। 

    “यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भने । 

    सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । 

    फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मूख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक १ हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

    सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । वि.सं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 

    पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । 

    सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पंक्षी पाइन्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार