images
images

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ / आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ । नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । 

    images
    images
    images
    images

    नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । 

    त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग दुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ । नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । 

    नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमा जित हात पारेको छ र जम्मा तीन अंक बटुल्न सफल भएको छ । 

    आईसीसी वल्ड कप लिग–टू मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल हाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा रहेको छ । 

    क्यानडा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा  भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।

    क्रिकेट संघ नेपाल (क्यान)ले यो सिरिजका लागि नियमित कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

    अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार