images
images

ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाक नेपालमा २० प्रतिशतसम्म छुट पाउने

ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाक नेपालमा २० प्रतिशतसम्म छुट पाउने

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • ज्योति विकास बैंकका ग्राहकहरुले स्काईवाक नेपालमा २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्काईवाक नेपालमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

    images
    images
    images
    images

    बैंकले काठमाडौँको कमलादीस्थित स्काईवाक नेपालमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। 

    सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् । 

    यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काईवाक नेपालका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। 

    छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काईवाक टावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। 

    ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार