images
images

फ्लोरा एक्स्पो सम्पन्न : ४० हजारले गरे अवलोकन, ७२ लाखको कारोबार

फ्लोरा एक्स्पो सम्पन्न : ४० हजारले गरे अवलोकन, ७२ लाखको कारोबार

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • फ्लोरा एक्स्पो सम्पन्न : ४० हजारले गरे अवलोकन, ७२ लाखको कारोबार
    images
    images

    काठमाडौँ / फ्लोरा एक्स्पो २०८१ रु ७२ लाखको कारोबारसँगै मङ्गलबार सम्पन्न भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासहित काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेका एक्स्पोकी संयोजक तथा सङ्घकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् ।

    फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको तिहार लक्षित एक्स्पो सफल भएको सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । 

    “व्यवसायी र उपभोक्ताको दूरी घटाउने र नर्सरी व्यवसायीले उत्पादन गरेका कृषि तथा वन जडिबुटी, नर्सरी, फलफूल औजार उपकरण सबै एकैथलोमा भएकाले अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो”, उनले भने ।

    एक्सपोमा विभिन्न प्रजातिका फुल्ने तथा नफुल्ने आलङ्कारीक फूल, बिरुवालगायत कृषि तथा वन जडीबुटी, औजार उपकरण, मल सबै गरी ६५ वटा व्यवसायिक स्टल राखिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार