images
images

बोर्ड अध्यक्ष बसौलाको दाबी - सबै स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल छ

बोर्ड अध्यक्ष बसौलाको दाबी - सबै स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल छ

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • बोर्ड अध्यक्ष बसौलाको दाबी - सबै स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल छ
    images
    images

    काठमाडौँ / स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरू सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरूको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरू गरेको दाबी गरेका छन् । 

    २०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल यही महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ । उनले नागरिकहरूलाई सरल र सहज रूपले स्वास्थ्य सेवा दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । 

    कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको भएर स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाएका छन् ।

    साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरू वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

    नागरिकलाई सहज होस् भन्ने उद्देश्यले डिजिटल कार्डहरू मार्फत पनि बीमितहरूलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको बसौलाँले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार